२०८३ बैशाख १६ गते , बुधबार

झापामा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु, एक महिला घाइते

sajilo news
झापा
२०८० असार १८ गते , सोमबार
झापामा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु, एक महिला घाइते

झापामा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धाको ज्यान गएको छ । अर्की महिला घाइते भएकी छन् । हात्तीको आक्रमणबाट मृत्यु हुनेमा मेचीनगर नगरपालिका–१० महानन्द टोलकी ८० वर्षीया पन्नादेवी साह रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । भारत सिलिगुडी घर भई हाल उनी मेचीनगरमा  ज्वाइँ बैजनाथ साहसँगै बस्दै आएकी थिइन् ।

सोमबार बिहान सवा ५ बजे वृद्धा साह पूजा गर्न घरबाहिर निस्केको बेलामा मागुरमाडी जङ्गलबाट निस्केको हात्तीले उनीलाई आक्रमण गरेको हो । आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमको लागि भद्रपुरस्थित प्रादेशिक अस्पताल पठाउने प्रहरीले जनाएको छ ।

त्यस्तै, हात्तीको आक्रमणबाट बुद्वशान्ति गाउँपालिका– ५ धिमाल गाउँकी ३८ वर्षीया कमला धिमाल घाइते भएकी छन् । उनलाई उपचारको लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा लगिएको छ ।

साहलाई आक्रमण गरेपछि सोही हात्ती आक्रामक भई उत्तरतिर लागेको र सोही क्रममा चिया श्रमिक धिमालमाथि जाइलागेको प्रहरीले जनाएको छ।  मेचीनगर– ९ बस्ने हेमन्त प्रसाईँको बुद्धशान्ति- ५ स्थित चिया बगानमा काम गर्न जाने क्रममा धिमाललाई बाटोमै जङ्गली हात्तीले सुँडले हानी घाइते बनाएको हो । घाइतेको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार