२०८३ बैशाख १६ गते , बुधबार

मोरङबाट तस्करीको माध्यमबाट भित्राइएको चिनी झापामा बरामद

sajilo news
झापा
२०८० असार १८ गते , सोमबार
मोरङबाट तस्करीको माध्यमबाट भित्राइएको चिनी झापामा बरामद

झापा । मोरङको सीमा नाकाबाट तस्करीको माध्यमबाट नेपाल भित्राइएको १० बोरा चिनीसहित एउटा अटो ट्याम्पो झापाको दमकबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाको टोलीले विशेष सूचनाको आधारमा मोरङको सिजुवा हुँदै आमवारिबाट झापाको दमकतर्फ आउँदै मे १ ह ५८५१ नम्बरको अटो ट्याम्पोलाई चेकजाँच १० बोरा अवैध चिनी बरामद गरेको प्रहरीले जनाएको छ । सो चिनी मोरङका चतरामुनि र चुनिमारी सीमा नाकाबाट भन्सार छलेर भित्राइएको हो । 

प्रहरीले आइतबार दिउँसो पौने २ बजे चिनी लोड भएको अटो ट्याम्पोलाई पूर्व पश्चिम राजमार्ग अन्तरगत दमक नगरपालिका ९ स्थित चिया दोकान नजिकैबाट नियन्त्रणमा लिएको हो ।

५० केजीको दरले १० बोरा चिनी ३५ हजार र अटो ट्याम्पोलाई ३ लाख गरी ३ लाख ३५ हजार मूल्याङ्कन तोकेर मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सशस्त्र र नेपाल प्रहरीले झापाका सीमा नाकाबाट हुने तस्करीमा कडाइ गरिएसँगै पछिल्लो समयमा मोरङको चतरामुनि, चुनिमारी, वरडंगा, महादेवा सीमा नाकाबाट तस्करी गतिविधि फस्टाएको कारोबारी स्रोतको दाबी छ ।

सम्बन्धित समाचार