२०८३ बैशाख १६ गते , बुधबार

राष्ट्र ऋण उठाउने विधेयक २०८० बहुमतले पारित

sajilo news
काठमाडौं
२०८० असार १७ गते , आईतबार
राष्ट्र ऋण उठाउने विधेयक २०८० बहुमतले पारित

प्रतिनिधि सभाबाट राष्ट्र ऋण उठाउने विधेयक २०८० बहुमतले पारित भएको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेको राष्ट्र ऋण उठाउने विधेयक २०८० बहुमतले पारित भएको हो। 

सो क्रममा अर्थमन्त्री महतले ऋणलाई उत्पादनमुलक क्षेत्रमा उपयोग गर्ने र ऋणलाई प्रभावकारिता बनाइने बताए। महतले भने, ‘अनुत्पादक क्षेत्रमा ऋण खर्च गर्दैनौं। हामीसँग धेरै ठूलो ऋण छैन। ऋणलाई उत्पादनमूलक क्षेत्रमा उपयोग गर्छौं। वैदेशिक ऋण कुन क्षेत्रमा लिने रु भनेर यथार्थ मूल्यांकन गरेर लिइनेछ।’

महतले सरकारले लिएको ऋणलाई उपयुक्त विधिबाट सदुपयोग गरिने बताए। महतले भने, ‘ऋण लिने कुरा महत्वपूर्ण विषय हो। किन लिनेरु के का लागि लिनेरु कसरी प्रतिफल प्राप्त गर्नेरु भन्ने नसोँचीकन ऋण लिनुहुँदैन। ऋण लिनु खराब कुरा होइन। तर, ऋण लिएर प्रतिफल आउँछ की आउँदैन महत्वपूर्ण कुरा त्यो हो।’

सम्बन्धित समाचार