२०८३ बैशाख १६ गते , बुधबार

झापाको बाह्रदशीमा गाँजासहित एक जना पक्राउ

sajilo news
झापा
२०८० असार १७ गते , आईतबार
झापाको बाह्रदशीमा गाँजासहित एक जना पक्राउ

झापा । झापाको बाह्रदशी गाउँपालिका- ६ स्थित महारानी झोडाबाट लागू औषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाह्रदशी-६ का ६१ वर्षीय नरबहादुर सुनार रहेका छन् ।

इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरीको टोलीले विशेष सूचनाको आधारमा शनिवार साँझ ५ बजे  सुनारको घरको सुत्ने कोठामा रहेको झोला चेकजाँच गर्ने क्रममा झोलामा लुकाई राखेको अवस्थामा २ किलो ५०० ग्राम गाँजा बरामद गरेको थियो । गाँजासहित पक्राउ परेका उनमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित समाचार