२०८३ बैशाख १६ गते , बुधबार

आयल निगमका तत्कालीन कार्यकारी निर्देशक खड्का अकूत सम्पत्तिमा दोषी ठहर

sajilo news
झापा
२०८० असार १५ गते , शुक्रबार
आयल निगमका तत्कालीन कार्यकारी निर्देशक खड्का अकूत सम्पत्तिमा दोषी ठहर

विशेष अदालत काठमाडौंले नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपालबहादुर खड्काले गैरकानुनी आर्जनको अभियोगमा दोषी ठहर गरेको छ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरू शालिग्राम कोइराला र डा. खुसीप्रसाद थारुको इजलासले खड्कालाई दोषी ठहर गर्दै  ९ करोड १९ लाख रुपैयाँ जरिवाना र एक वर्ष तीन महिना कैद सजायको फैसला सुनाएको हो।

विशेष अदालतका प्रवक्ता दिपेन्द्रनाथ योगीले ९ करोड १९ लाख रुपैयाँ जरिवाना र एक वर्ष तीन महिना कैद सजायको फैसला सुनाएको जानकारी दिए। 

सम्बन्धित समाचार