२०८३ बैशाख १६ गते , बुधबार

बिर्तामोडमा मोटर लगाएर पानी फ्याँक्ने क्रममा करेन्ट लागेर मजदुरको मृत्यु

sajilo news
झापा
२०८० असार १५ गते , शुक्रबार
बिर्तामोडमा मोटर लगाएर पानी फ्याँक्ने क्रममा करेन्ट लागेर मजदुरको मृत्यु

झापा ।  सडक निर्माणको क्रममा करेन्ट लागेर झापाको बिर्तामोडमा एक मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका– ३ स्थित सैनिक मोड निवासी ४० वर्षीय धनबहादुर राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार शुक्रबार बिहान साढे ७ बजे  घैलाडुब्बा–बिर्ताबजार सडक खण्ड अन्तर्गत बिर्तामोड–२ स्थित कच्छुबारीमा बाटोको प्लम हाल्नका लागि सडकमा जमेको पानी मोटर लगाएर फ्याँक्ने क्रममा राजवंशीलाई करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ । 
 

सम्बन्धित समाचार