२०८३ बैशाख १६ गते , बुधबार
झापाको बिरिङ र रतुवा खोलामा पानीको सतह बढ्ने अनुमान, सतर्कता अपनाउन आग्रह
झापा । झापाको बिरिङ र रतुवा खोलासहित केही स साना नदीमा जल सतह आकस्मिक बढ्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ । जल तथा मौसम विभाग बाढी पूर्वानुमान शाखाले भर्खरै सूचना जारी गर्दै शुक्रबार बिहानसम्म नदी आसपासका स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरेको हो ।
सूचनामा भनिएको छ, 'पछिल्लो दुई घण्टामा इलामको जितपुर, बारफल्याङ र आसपास तथा झापाको दमक र आसपास भारी वर्षा मापन भएको छ । बिरिङ खोला, रतुवा खोला लगायत झापा भई बहने अन्य केही ससाना नदीमा जल सतह आकस्मिक बढ्न सक्छ।,