२०८३ बैशाख १६ गते , बुधबार
रोकिएन बिर्तामोडको बद्रीबारीमा चोरीका घटना
बिर्तामोड । बिर्तामोड–९ र १० मा चोरी हुने क्रम अझै रोकिएको छैन । केही दिनअघि बिर्तामोड–९ को बद्रीबारीमा एकै रात १३ घरमा बिजुलीको तार र मोबाइल चोरिएपछि स्थानीय असुरक्षित बनेका थिए । त्यसै ठाउँमा दुई दिन नबित्दै गए राति बालकृष्ण आलेको पानीको मोटर चोरी भएको छ । केही दिनअघि १३ घरको तार चोरी हुँदा आलेको पनि तार चोरी भएको थियो। यसरी चोरीका घटना बढेपछि प्रहरीले गस्ती बढाउनु पर्ने आलेले माग गरेका छन्।
दुई दिनअघि अस्थायी प्रहरी चौकी बिर्तामोड–१० सैनिक बजारले तार चोरीमा संलग्न रहेको भन्दै वडा न।–१० का बुधलाल मूर्मूलाई पक्राउ गरेको थियो भने केहीलाई सोधपुछ गरी छोडिएको थियो । अन्य चोरहरू अझै प्रहरीले पक्राउ गर्न नसकेको गुनासो स्थानीयहरुले गरेका छन्। उनीहरूले रातको समयमा गस्ती गर्न प्रहरीसँग आग्रह गरेका छन् ।