२०८३ बैशाख १६ गते , बुधबार

मेचीनगरमा नगर शैक्षिक कोष स्थापना

sajilo news
झापा
२०८० असार १४ गते , विहीबार
मेचीनगरमा नगर शैक्षिक कोष स्थापना

मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले नगर शैक्षिक कोषको घोषणा गरेका छन् । बिहीबार नगरको वार्षिक नीति तथा कार्यक्रमको समापन सत्रमा बोल्दै नगर प्रमुख बुढाथोकीले विशेष प्रस्ताव मार्फत नगर शैक्षिक कोषको घोषणा गरेका हुन् ।

नगर शैक्षिक कोषको घोषणा गर्दै उनले आफूले नगर प्रमुख भए बापत राज्यबाट पाउने सेवा सुविधा (भत्ता) मध्ये तीन महिनाको रकम करिब एक लाख बढी वार्षिक रूपमा कोषलाई दिने घोषणा गरेका छन् ।

शैक्षिक कोषलाई नागरिक स्तरबाट सञ्चालन गर्ने गरी  नगर शैक्षिक कोषको अवधारणा ल्याइएको बताए । साथै यस अभियानमा सबै नागरिकले सहभागिता जनाउन सक्ने उनले बताए ।  

सम्बन्धित समाचार