भारतीय माछा बरामदपछि नष्ट
सुरुङ्गा । झापाको सुरुङ्गामा भारतबाट नेपाल भित्राइएको अवैध माछा बरामद गरी नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय सुरुङ्गा र जिल्ला प्रहरी कार्यालय झापाको संयुक्त प्रहरी टोलीले भारतबाट भित्राइएको जिउँदो मुङ्ग्री जातको र मरेको गरी ६० केजी माछा बरामद गरेको थियो । प्रहरी टोलीले
बिहीबार दिउसो कनकाई नगरपालिका-५ हनुमान चौकबाट बरामद गरेको प्रहरीले जनाएको छ । बरामद गरिएको माछा इलाका प्रहरी कार्यालय सुरुङ्गामा नागरिक समाज, पत्रकारको अगुवा नष्ट गर्यो ।
यता कनकाईका बजारमा मरेको भारतीय माछा विक्री हुने गरेको तथ्य बाहिरिएसँगै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कनकाई नगरपालिकामा मरेको भारतीय माछा विक्री गर्न बन्द गरिएको बताए । कनकाईले यसलाई कडाइका साथ लागु गर्नका लागि छुट्टै कार्यविधि बनाइँदै ल्याइएको र तत्काल यसलाई कडाइका साथ लागु गरिने समेत नगर प्रमुख पोखरेललेको भनाई छ ।