२०८३ बैशाख १६ गते , बुधबार

बसको ठक्करबाट साईकल यात्रीको मृत्यु

sajilo news
मोरङ
२०८० जेष्ठ ३२ गते , विहीबार
बसको ठक्करबाट साईकल यात्रीको मृत्यु

मोरङको सुन्दरहरैचा नगरपालिका-१० स्थित पूर्व पश्चिम राजमार्गमा बसको ठक्करबाट एक साईकल यात्रीको मृत्यु भएको छ । बिहीबार बिहान साढे ९ बजे मे १ ख २७२७ नम्बरको बसले साईकल यात्रीलाई ठक्कर दिँदा घाइते भएको स्थानीय ६० वर्षीय भगतसिंह ठकुरीको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको हो । ठक्कर दिने बस र चालक झापा मेचीनगर नगरपालिका ६ दीपक थापालाई इलाका प्रहरी कार्यालय बिराटचोकले नियन्त्रणमा लिएको छ । 

सम्बन्धित समाचार