२०८३ बैशाख १६ गते , बुधबार
रुखबाट लडेर एक महिलाको मृत्यु
भोजपुरको षडानन्द नगरपालिका- १२ स्थित चिसापानीमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ । बिहीबार दिउँसो साढे १ बजे स्थानीय ३८ वर्षीया सितादेवी थापा आफ्नै बारीमा रहेको काब्राको रुख चढी घाँस काट्ने क्रममा रुखबाट लड्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । घटना बारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दिङलाले जनाएको छ ।