२०८३ बैशाख १६ गते , बुधबार

अनेरास्ववियु झापाको अध्यक्षमा दुई जनाको उम्मेदवारी

sajilo news
झापा
२०८० जेष्ठ ३० गते , मंगलबार
अनेरास्ववियु झापाको अध्यक्षमा दुई जनाको उम्मेदवारी

बिर्तामोड । अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडालले संगठनमा ३० वर्षे उमेरहदको व्यवस्था गर्ने बताएका छन् । अनेरास्ववियु झापाको २१ औं जिल्ला अधिवेशनलाई उद्धघाटन गर्दै आगामी असोजभित्र उक्त निर्णय गर्ने बताए ।

झापाको बिर्तामोडस्थित साई प्यालेसमा सुरु भएको अधिवेशनलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष बडालले अनेरास्ववियुलाई योग्य युवा उत्पादन गर्ने संगठनको रुपमा विकास गर्दै जाने बताए । उनले सभ्य र योग्य युवा निर्माणमा अनेरास्ववियुको विशेष भूमिका हुनुपर्ने बताएका छन् । उनले भने – अनेरास्ववियुका कार्यकर्ता सभ्य र सुसंस्कृत हुन जरुरी छ ।

उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै बडालले दुई वटा कमिटी निर्माण गर्न सक्नेहरु मात्रै अनेरास्ववियको नेता बन्न सक्ने बताए । उनले अनेरास्ववियु जिम्मेवार संगठन भएकाले यसमा आवद्ध नेता कार्यकर्ताहरु गैरजिम्मेवार बन्न नहुने धारणा राखे ।

उद्घाटन समारोहमा नेकपा एमाले झापाका अध्यक्ष दिपक कार्की , सचिव शिव ढुंगेल, प्रतिनिधिसभा सदस्य एवम् अनेरास्ववियु पूर्व अध्यक्ष सुनिता बराल, संगठनका केन्द्रीय सचिव एवम् कोशी प्रदेश इञ्चार्ज मनोज ताम्ली, सचिव दिपेश प्रसाई लगायतले सम्बोधन गरेका थिए ।

अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशनमा जिल्लाभरबाट ७०३ जना प्रतिनिधि सहभागी भएका छन् । बन्द शत्रका लागि नेकपा एमालेका जिल्ला उपसचिव एवम् अनेरास्ववियुका पूर्व नेता असारु राजवंशीको संयोजकत्वमा अध्यक्ष मण्डल गठन भएको छ ।

भर्खरै प्राप्त सूचना अनुसार मनोनयन दर्ताको प्रक्रिया अघि बढेको छ । अध्यक्षमा नारायण पोखरेल र बलराम गिरीले उम्मेदवारी दर्ता गरेको बुझिएको छ ।

सम्बन्धित समाचार