२०८३ बैशाख १६ गते , बुधबार

झापाको मेचीनगरमा दुई वटा ट्रक जुध्दा एक जनाको मृत्यु

sajilo news
झापा
२०८० जेष्ठ २७ गते , शनिबार
झापाको मेचीनगरमा दुई वटा ट्रक जुध्दा एक जनाको मृत्यु

झापाको मेचीनगरमा शनिवार बिहान दुई वटा ट्रक जुध्दा एक जनाको मृत्यु भएको छ । मेचीनगर नगरपालिका–१५ स्थित सडकमा रोकी राखेको ना २ ख ८७९९ नम्बरको ट्रकमा मे १ ख ६०५ नम्बरको ट्रक ठक्कर खाई दुर्घटना हुँदा मे १ ख ६०५ नम्बरको ट्रकको सहचालकको मृत्यु भएको छ ।

ठेगाना नखुलेका २० वर्षीय अनमोल कार्कीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनापछि मे १ ख ६०५ नम्बरको ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  

सम्बन्धित समाचार