अत्यधिक गर्मीका बीच झापाका तीन पालिकामा भोलि पाँच घण्टा विद्युत् सेवा अवरुद्ध हुने
भद्रपुर । अत्यधिक गर्मीले जनजीवन कष्टकर बनिरहेको बेला नेपाल विद्युत् प्राधिकरण भद्रपुर वितरण केन्द्रले भोलि (शनिवार) पाँच घण्टा विद्युत् सेवा अवरुद्ध गर्न लागेको छ । नेपाल विद्युत् प्राधिकरण भद्रपुर वितरण केन्द्रले शुक्रबार सूचना जारी गर्दै भद्रपुर, कचनकवल र हल्दिबारीमा सेवा अवरुद्ध हुन लागेको जानकारी गराएको हो ।
विद्युत् प्राधिकरण अनारमनि सबस्टेशन स्थित १३२ केभी दमक अनारमनि लाइनको बी फेजको wave trape र DS बिचको Jumper चूडिन लागेकोले सो कार्यको मर्मत सम्भार र बदली गर्ने कार्य तथा ३० एमभिएको पावर ट्रान्सफरमर नम्बर १ र नयाँ ६३ एमभिएको जडान भई चार्ज हुन लागेको पावर ट्रान्सफरमर १३२ केभी साइडको Isolator र Jumper हरूको तथा अन्य आवश्यक चेकजाँच, मर्मत सम्भार कार्य गर्नुपर्ने भएकोले भोलि शनिवार बिहान ७ बजे देखि दिउसो १२ बजेसम्म सो लाइन सटडाउन हुने भएकोले ३३/११ केभी भद्रपुर सबस्टेशन तथा बनियानी सबस्टेशनबाट प्रसारण हुने सम्पूर्ण लाइन अवरुद्ध हुने भनी सूचनामा उल्लेख गरिएको छ ।
