२०८३ बैशाख ३ गते , विहीबार

नारी सञ्चार अक्षयकोषमा पार्वताको ११ हजार सहयोग 

sajilo news
पार्थ मण्डल
२०७७ फाल्गुन ११ गते , मंगलबार
नारी सञ्चार अक्षयकोषमा पार्वताको ११ हजार सहयोग 

झापा । नारी सञ्चार गृह झापाले बहुउद्देश्यीय लक्ष्य राखेर स्थापना गरेको नारी सञ्चार अक्षयकोषमा सहयोग जुट्ने क्रम निरन्तर जारी छ ।सोही क्रममा नेपाल महिला उद्यमी सङ्घ झापाका अध्यक्ष पार्वता विमली खरेलले मङ्गलवार ११ हजार रुपैयाँ प्रदान गरेकी छिन्। बिर्तामोडमा आयोजित एक कार्यक्रमका बिच अध्यक्ष विमलीले नारी सञ्चार गृहका अध्यक्ष भीमा सिवाकोटी, अक्षयकोषका संयोजक रेजिना गौतम, संस्थापक अध्यक्ष सावित्रा दाहाललाई उक्त रकम बराबरको चेक संयुक्त रुपमा हस्तान्तरण गरेका हुन ।

सहयोग हस्तान्तरण गर्दै महिला उद्यमी विमलीले अक्षयकोषमा सहयोग गर्न पाएको खुसी व्यक्त गर्नुभयो भने सञ्चार गृहका अध्यक्ष सिवाकोटीले धन्यवाद ज्ञापन गर्दै सहयोगी मनहरूप्रति हार्दिक आभार व्यक्त गरेकी थिइन। सोही अवसरमा नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेश समिति सदस्य तीर्थ सिग्देलले पनि सञ्चार गृहको कोषका लागि ५ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् ।

सम्बन्धित समाचार