२०८१ माघ २७ गते , आईतबार

अवैध सम्बन्धबाट जन्मिएको भन्दै शिशुको हत्या, दुई महिला पक्राउ

sajilo news
पार्थ मण्डल
२०७७ फाल्गुन ९ गते , आईतबार
अवैध सम्बन्धबाट जन्मिएको भन्दै शिशुको हत्या, दुई महिला पक्राउ

ताप्लेजुङ । आफैंले जन्माएको नवजात शिशुको हत्या अभियोगमा ताप्लेजुङ प्रहरीले दुई महिला पक्राउ गरेको छ। मेरिङ्देन गाउँपालिका–२ सान्थाक्राकी २२ वर्षीया स्याङ्मु शेर्पा र फक्ताङलुङ गाउँपालिका–२ खेजेनिमकी ३७ वर्षीया लाक्पा दिकी शेर्पालाई आइतबार प्रहरीले पक्राउ गरेको हो।

स्याङ्मुले गत माघ २२ गते अवैध नवजात शिशु जन्माएर हत्या गरेको प्रारम्भिक बयानमा स्विकारेको ताप्लेजुङ प्रहरीले जनाएको छ। गत माघ ३० गते अलैंची बगानभित्र नवजात शिशुको शव भेटिएको थियो। शवको जिल्ला अस्पतालमा पोष्टमार्टमपछि मेरिङदेन गाउँपालिकाले अन्त्येष्टि गरिसकेको छ।

उता फक्ताङ्लुङ गाउँपालिका–२ खेजिनिमको गुम्बाडाँडा छेउमा अम्रिसो रोपिएको पाखामा शनिबार दिउँसो नवजात शिशुको शव फेला परेको थियो। शव देखेपछि स्थानियले प्रहरीललाई खबर गरेका थिए। थाहाखबरबाट

शव भेटिएको खबर पाएपछि घटनास्थलमा पुगेको प्रहरीले अनुसन्धानका क्रममा सोही गाउँकी लाक्पा दिकीलाई पक्राउ गरेको थियो। ३७ वर्षीय लाक्पादिकीले पनि अवैध रुपमा रहन गएको गर्भबाट गत माघ ७ गते शिशु जन्मिएको हुनाले हत्या गरेर फालेको प्रारम्भिक बयानमा बताएको प्रहरी निरीक्षक मोहान पोख्रेलले जानकारी दिए।

शवको प्रारम्भिक अनुसन्धानपछि जिल्ला अस्पताल ताप्लेजुङमा पोष्टमार्टम भइरहेको छ। दुवैलाई जिल्ला अदालतबाट आइतबारै ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार