२०८३ श्रावण १० गते , आईतबार

बाह्रदशी जेसीजको रक्तदान : २१ जनाले गरे रक्तदान 

sajilo news
पार्थ मण्डल
२०७७ फाल्गुन ८ गते , शनिबार
बाह्रदशी जेसीजको रक्तदान : २१ जनाले गरे रक्तदान 

भद्रपुर । बाह्रदशी जेसीजले आयोजना गरेको रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी, झापा जिल्ला शाखाको प्राविधिक संयोजन एवम् नेपाल रेडक्रस सोसाइटी, बाह्रदशी उपशाखाको समन्वय रहेको उक्त रक्तदान कार्यक्रममा तीन महिलासहित २१ जनाले रक्तदान गरेका हुन् ।

जेसीजका अध्यक्ष विगम श्रेष्ठको अध्यक्षता तथा बाह्रदशी गाउँपालिकाकी उपप्रमुख रत्ना कुमारी राजवंशीको प्रमुख आतिथ्यमा सम्पन्न रक्तदान कार्यक्रममा मातृ शाखा सुरुङ्गा जेसीजका उपाध्यक्ष रिशभ सिंह चाहार, जीवन धमला, श्याम गोस्वामी लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम संयोजन उपाध्यक्ष सोमनाथ बजगाईँ रहेको कार्यक्रमको सञ्चालन महासचिव तीर्थप्रसाद काफ्ले र स्वागत कार्यकारिणी उपाध्यक्ष टङ्कबहादुर कार्कीले गरेका थिए ।

सम्बन्धित समाचार