नेपाल टेलिकमको सेवा ६ घण्टा अवरुद्ध

झापा । प्रदेश १ मा नेपाल टेलिकमको सेवा ६ घण्टासम्म अवरुद्ध भएको छ।आइतबार बिहान लगभग ३ बजेतिरबाट सेवा अवरुद्ध बनेको थियो।नेपाल टेलिकम प्रादेशिक निर्देशनालय प्रदेश १ विराटनगरका प्रबन्धक राजेन्द्र महर्जनकाअनुसार महोत्तरीको बर्दिवासमा मुसाले अप्टिकल फाइबरको तार काटिदिएपछि समस्या भएको हो।मुसाले तार काटिदिएपछि फइबरको लिंक नै टुटेर उत्पन्न भएको समस्याले सेवा अवरुद्ध हुन पुगेको उनको भनाइ छ।मर्मत सम्भार सकिएपछि बिहान ९ बजेबाट सेवा सूचारु भएको जानकारी महर्जनले दिए । सेवा अवरुद्ध हुँदा छ घण्टासम्म प्रदेश राजधानी विराटनगरसहित प्रदेशका १४ वटै जिल्लामा टेलिकमको मोबाइल, ल्याण्डलाइन टेलिफोन र इन्टरनेट सेवा सञ्चालन हुन नसकेको उनको भनाइ छ। महर्जनकाअनुसार प्रदेशमा टेलिकमका २० लाखभन्दा बढी ग्राहाक छन्।एक्कासि सेवा अवरुद्ध हुँदा एकै पटक सबै ग्राहक प्रभावित बनेका थिए। प्रदेश १ मा झापा, इलाम, ताप्लेजुङ,पाँचथर, मोरङ, सुनसरी, धनकुटा, संखुवासभा, भोजपुर, तेह्रथुम, उदयपुर, ओखलढुंगा, खोटाङ र सोलुखुम्बु जिल्ला पर्छन्।