२०८३ मंसीर ५ गते , शुक्रबार
११ लाख ५९ हजारको काजुसहित साह नियन्त्रणमा
कीर्तिपुरबाट बिना बिलबिजक ओसारपसार भइरहेको ११ लाख ५९ हजार २०० रुपैयाँ बराबरको काजु बरामद भएको छ। मंसिर ३ गते काठमाडौँ को कीर्तिपुर नगरपालिका–६, चोभारस्थित सुक्खा बन्दरगाहको मेनगेट अगाडिबाट उक्त काजु बरामद गरिएको हो।
सशस्त्र प्रहरी बल, नेपाल इन्टेलिजेन्स ब्यूरोबाट प्राप्त विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल दंगा नियन्त्रण रेजिमेन्टबाट खटिएको टोलिले बाराबाट काठमाडौँ आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०४७३ नम्बरको विद्युतीय गाडी (ईभी) चेकजाँच गर्ने क्रममा बिलबिजक नभएको उक्त केजी काजु फेला पारेको थियो।
वीरगञ्ज महानगरपालिका–२५ बस्ने रोशनकुमार साहलाई काजुसहित नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको छ।