२०८३ मंसीर ४ गते , विहीबार

स्पिड ब्रेकरमा मोटरसाइकलबाट उछिट्टिएर अर्जुनधारामा एकजनाको मृत्यु

sajilo news
झापा
२०८३ मंसीर ३ गते , बुधबार
स्पिड ब्रेकरमा मोटरसाइकलबाट उछिट्टिएर अर्जुनधारामा एकजनाको मृत्यु

झापाको अर्जुनधारामा बाटोको बम्पर (स्पिड ब्रेकर)मा मोटरसाइकल ठोक्किएर उछिट्टिँदा मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ । तीन दिनअघि कात्तिक २९ गते राति १०ः४० बजे अर्जुनधारा -७ पिपल चोकस्थित शनिश्चरे– मिलडाँडा पक्की सडक खण्डमा शनिश्चरेबाट मिलडाँडातर्फ जाँदै गरेको बा ९६ प १३२९ नं.को मोटरसाइकलले सोही ठाउँमा रहेको बम्परमा ब्रेक लगाउने क्रममा मोटरसाइकलमा पछाडि सवार युवक उछिट्टिएका थिए । ती दुई युवक छठ पूजाको दिन छठ हेरेर घरतर्फ फर्किँदै गरेका थिए ।

मोटरसाइकलमा पछाडि सवार अर्जुनधारा-५ बस्ने २७ वर्षीय सन्त राई मोटरसाइकलबाट लडेर गम्भीर घाइते भएका थिए । टाउको र हातखुट्टामा चोट लागेका राईलाई उपचारको लागि बिर्तासिटी अस्पताल पठाइएको थियो । मोटरसाइकल चालक सोही ठाउँ बस्ने ३२ वर्षीय सञ्जय बि.क. उपचारमा संलग्न रहेका थिए । 

उपचारका क्रममा घाइते सन्त राईको हिजो साँझ ७:३० बजे बिर्तासिटी अस्पताल बिर्तामोडमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । मोटरसाइकल चालक वि.क.लाई पक्राउ गरी प्रहरी चौकी शनिश्चरेका प्रहरी वरिष्ठ नायव निरीक्षक हिमाल पोखरेलको कमान्डको टोलीले पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा बुझाएको छ ।

सम्बन्धित समाचार