२०८३ मंसीर ४ गते , विहीबार

झापामा स्कुल बस असुरक्षित, चालकको लापरबाहीले दुर्घटना बढ्यो

sajilo news
रासस
२०८३ मंसीर ३ गते , बुधबार
झापामा स्कुल बस असुरक्षित, चालकको लापरबाहीले दुर्घटना बढ्यो

झापामा स्कुल बस दुर्घटना बढ्दै गएको छ । थोत्रा गाडी र चालकको लापरबाहीका कारण बालबालिका बोक्ने स्कुल बसहरू दुर्घटना हुने क्रम बढेको हो । हिजो बिर्तामोड क्षेत्रमा दुई वटा स्कुल बस दुर्घटना भएका छन् ।

हिजो बिहान ९ः१० बजे अर्जुनधारा-९ कार्कीडाँडास्थित माता मन्दिर –प्रणामी मन्दिर भित्री पक्की सडक खण्डमा माता मन्दिरबाट प्रणामी मन्दिरतर्फ आउँदै गरेको बिर्तामोड- १ बस्ने ५१ वर्षीय अबिदल गुरुङले चलाएको मे १ क १९४ नं.को लिटल फ्‌लावर्स इङ्लिस स्कुलको बस र भित्री कच्ची शाखा बाटोबाट निस्कँदै गरेको प्र.१–०१–०१६ प २६५५ नं को स्कुटर एक आपसमा ठक्कर खाएका थिए । दुर्घटनामा स्कुटर चालक अर्जुनधारा-६ बस्ने वर्ष ४५ की धनमाया राजवंशी घाइते भएकी छन् । उनको छाती र दुवै कुममा चोट लागेको छ । सोही स्कुटरमा पछाडि सवार अर्जुनधारा-९ बस्ने वर्ष ४० का रतन राजवंशी पनि घाइते भएका छन् । उनको दायाँ खुट्टामा चोट लागेको छ । सामान्य घाइते दुवैलाई उपचारको लागि कनकाई अस्पताल बिर्तामोड पठाइएको थियो ।

त्यस्तै गएराति १०:१५ बजे बिर्तामोड- ८ हर्चनास्थित बिर्तामोड– भद्रपुर सडक खण्डमा बिर्तामोडबाट किसनभिट्टातर्फ जाँदै गरेको प्रदेश ३ –०१–००६ ख ०१९३ नं को इकम कलेजको बस दाहिने मोड्ने क्रममा दाहिने साइडको अगाडीको चक्काको किङपिन भाँचिएर दुर्घटना भएको छ । जसका कारण एकतर्फी बाटो अवरोध भएको छ । बस चालक बिर्तामोड-८ किसनभिट्टा बस्ने वर्ष ५५ का कर्णबहादुर तामाङ भएको बुझिएको छ ।

 

सम्बन्धित समाचार