२०८३ आश्विन १३ गते , मंगलबार

टिपरको ठक्करबाट बालिकाको मृत्यु

sajilo news
रासस
२०८३ आश्विन १३ गते , मंगलबार
टिपरको ठक्करबाट बालिकाको मृत्यु

जनकपुरधाम। जनकपुरधाम–ढल्केवर सडकखण्डअन्तर्गत धनुषाको रमदैयास्थित राजदेव मन्दिर अगाडि मंगलबार टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको छ।

प्रदेश ०३–००१ ख ८५४५ नम्बरको टिपरले महोत्तरीको लोहारपट्टी नगरपालिका–३ निवासी रामनाथ रामकी चार वर्षीया छोरी नैनसीलाई ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।

टिपरको ठक्ककरबाट गम्भीर घाइते भएकी नैनसीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खनालले बताए।

सम्बन्धित समाचार