२०८३ आश्विन १२ गते , सोमबार

इलामको सूर्योदयमा आगलागी, घर र गाडी जलेर नष्ट

sajilo news
इलाम
२०८३ आश्विन १२ गते , सोमबार
इलामको सूर्योदयमा आगलागी, घर र गाडी जलेर नष्ट

इलाममा भएको आगलागीबाट घर र गाडी जलेर नष्ट भएको छ । आज बिहानको राति २ः३० बजे इलाम सूर्योदय नगरपालिका ३ जिल गाउँ बस्ने सन्तुलाल तामाङको पक्की पिलर भएको काठले बनेको र टिनको छानो भएको एकतले सुत्ने घरमा भान्सा घरबाट आगलागी भएको हो । आगलागीबाट घर र घरभित्र रहेको सामानहरु पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागीबाट छिमेकी पासाङ तामाङले आफ्नो घर अगाडी पार्किङ गरी राखेको प्र.१–०१–००२ च १३९३ नम्बरको डवल क्याप गाडी पनि पूर्णरुपमा जलेर नष्ट भएको छ ।

बिहान ३ः५० बजे इलाका प्रहरी कार्यालय पशुपतिनगरमा जानकारी प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक प्रविण जोशीको कमाण्डमा प्रहरी टोली खटिएको थियो । प्रहरी, सूर्योदय नगरपालिकाको दमकल र स्थानीयहरुको सहयोगमा उक्त आगो बिहान ४:५० बजे पूर्णरुमा नियन्त्रणमा आएको थियो । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

सम्बन्धित समाचार