२०८३ आश्विन ५ गते , सोमबार
बिर्तामोडमा करेन्ट लगाएर माछा मार्दा वृद्धको मृत्यु
झापाको बिर्तामोडमा करेन्ट लगाएर माछा मार्दा एक वृद्धको मृत्यु भएको छ । आज दिउँसो १ः३० बजे बिर्तामोड नगरपालिका-२ स्थित बेलडाँगीस्थित घाग्रा खोलामा करेन्ट लगाएर माछा मार्दा सोही ठाउँ बस्ने ६२ वर्षीय मोहन मुर्मुको मृत्यु भएको हो । एक्लै करेन्ट लगाई माछा मार्ने क्रममा अचानक करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।