२०८३ आश्विन ५ गते , सोमबार

बिर्तामोडमा पार्किङ गरी राखिएको थार गाडीमा आगलागी, दुईवटा गाडी जल्यो

sajilo news
झापा
२०८३ आश्विन ५ गते , सोमबार
बिर्तामोडमा पार्किङ गरी राखिएको थार गाडीमा आगलागी, दुईवटा गाडी जल्यो

झापाको बिर्तामोडमा पार्किङ गरी राखिएको भारतीय नम्बर प्लेटको थार गाडीमा आगलागी भएको छ  । आज दिउँसो २ः१५ बजे बिर्तामोड नगरपालिका-१ स्थित टाइमलेस होटलको पार्किङ स्थलमा पार्किङ गरी राखेको डब्लुबी ७४ बीई ००९२ नम्बरको महेन्द्र थार गाडीमा अचानक ब्याट्री सर्ट भएर आगलागी भएको हो ।

बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा उक्त आगो दिउँसो २ः३५ बजे पूर्णरुपमा नियन्त्रणमा लिइएको थियो । उक्त आगलागीबाट भारत सिलिगुडी मोतीगडा बस्ने नासिर अलीको नाममा दर्ता भएको महेन्द्र थार गाडी पूर्णरुपमा जल्दा अन्दाजी १५ लाख बराबरको क्षति भएको छ । 

उक्त थार गाडीसँगै राखेको हल्दीवारी गाउँपालिका १ बस्ने दिनेश कार्कीको नाममा दर्ता भएको बा प्र ०१–०३३ च ६१३६ नम्बरको कारसमेत आंशिक रुपमा जल्दा अन्दाजी ७ लाख गरी जम्मा २२ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक मनिश लुइँटेलले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार