देशमा महाविपत्ति : झापाका कुन पालिकाले गर्यो कति सहयोग ?
महाविपत्तिमा परेका रसुवा भोटेकोशीका बाढीपीडितहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट सहयोग प्राप्त भइरहँदा झापाका केही पालिकाहरूले भने सहयोग गर्न कन्जुस्याइँ गरेका छन् ।
जिल्लाका १५ वटा पालिकामध्ये केही पालिकाले खुलेर सहयोग गरेका छन् भने केहीले अझै सहयोगको घोषणासमेत गर्न सकेका छैनन् । कम बजेट भएका बुद्धशान्ति ,कचनकवल , झापा गाउँपालिकाजस्ता पालिकाहरूले खुलेर सहयोग गरिरहँदा कनकाई नगरपालिका, गौरादह नगरपालिका, गौरीगंज गाउँपालिका , कमल गाउँपालिका र हल्दिवारी गाउँपालिकाले सामान्य सहयोगको समेत घोषणा गर्न नसकेका हुन् ।
सहयोगको अग्रपङ्क्तिमा बुद्धशान्ति गाउँपालिका रहेको छ । सो पालिकाले ३२ लाख ५५ हजार १७४ रुपैयाँ सहयोग गरेको छ । त्यस्तै दमक नगरपालिका , कचनकवल गाउँपालिका , झापा गाउँपालिका ,अर्जुनधारा नगरपालिका ,भद्रपुर नगरपालिकाले गरेको सहयोग प्रशंसनीय रहेको छ ।
सहयोगको विवरण:–
१.बुद्धशान्ति गाउँपालिका–३२ लाख ५५ हजार १७४
२.दमक नगरपालिका –३१ लाख
३.कचनकवल गाउँपालिका– २९ लाख ६ हजार १००
४.झापा गाउँपालिका– २५ लाख २८ हजार २८८
५.अर्जुनधारा नगरपालिका– २१ लाख
६.भद्रपुर नगरपालिका– ११ लाख
७.मेचीनगर नगरपालिका– जनप्रतिनिधि र कर्मचारीले व्यक्तिगत सहयोग गर्ने(रकम यकिन छैन)
८.शिवसताक्षी नगरपालिका– कर्मचारीहरूबाट करिब ८ लाख , नगरपालिकाबाट निर्णय हुन बाँकी
९.बिर्तामोड नगरपालिका– ५ लाख
१०.बाह्रदशी गाउँपालिका– गाउँपालिका विपद् व्यवस्थापन कोषबाट १ लाख, जनप्रतिनिधि र कर्मचारीबाट व्यक्तिगत
११.कनकाई नगरपालिका– निर्णय गर्न बाँकी
१२.गौरादह नगरपालिका– निर्णय गर्न बाँकी
१३.गौरीगंज गाउँपालिका– निर्णय गर्न बाँकी
१४.कमल गाउँपालिका– निर्णय गर्न बाँकी
१५.हल्दिवारी गाउँपालिका– निर्णय गर्न बाँकी