२०८३ भाद्र १६ गते , मंगलबार

दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

sajilo news
सुनसरी
२०८३ भाद्र १६ गते , मंगलबार
दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

सुनसरीमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । हरिनगर गाउँपालिका–४ स्थित हरिनगरा–बसन्तपुर भित्री सडक खण्डमा भारतीय र नेपाली नम्बर प्लेटका दुईवटा मोटरसाइकल ठोक्किएर सोमबार साँझ ६ः३५ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । दक्षिण बसन्तपुरबाट उत्तर हरिनगरातर्फ आउँदै गरेको बीआर ५० एसी ०७५५ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको १३ प १८२० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको प्रहरीको भनाइ छ ।

दुर्घटनामा भारतीय मोटरसाइकलका चालक हरिनगर–५ का अन्दाजी ३५ वर्षीय सञ्जय मण्डलको मृत्यु भएको छ । गम्भीर घाइते भएका मण्डललाई उपचारका लागि विराटनगरको विराट नर्सिङ होम पुर्याउनसाथ साँझ ७ः२५ बजेतिर चिकित्सकले मृत घोषणा गरिदिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर को १३ प १८२० नम्बरको मोटरसाइकलका चालक चालक सुनसरीको भोक्राहा–नरसिंह गाउँपालिका–५ का अन्दाजी ४० वर्षीय कलामुद्विन अन्सारी र पछाडि सवार अन्दाजी ४५ वर्षीय जलामुद्विन अन्सारी गम्भीर घाइते भएका छन् । दुवै जनाको विराट नर्सिङमै उपचार भइरहेको जानकारी प्रहरीले दिएको छ ।

सम्बन्धित समाचार