२०८३ भाद्र १६ गते , मंगलबार
काठमाडौंबाट घर फर्कँदै गरेका इलामका मगरको दुर्घटनामा मृत्यु
काठमाडौंबाट मोटरसाइकलमा घर फर्कँदै गरेका इलामका ३९ वर्षीय मणिराज मगरको दुर्घटनामा मृत्यु भएको छ । माई नगरपालिका वडा नम्बर–७ घर भएका मगर हिजो दिउँसो उदयपुरको कटारी नगरपालिका वडा नम्बर–४ स्थित ककरु खोलामा दुर्घटनामा परेका हुन् । स्थानीय प्रत्यक्षदर्शीका अनुसार मे ८ प ४८९८ नम्बरको मोटरसाइकलमा सवार मगर बाटो काटेपछि साइकल यात्रीलाई जोगाउन खोज्दा पुलको पेटीमा ठोक्किएका थिए।
घाइते मगरलाई उपचारका लागि कटारी प्रादेशिक अस्पताल उदयपुर हुँदै नोबेल मेडिकल कलेज विराटनगर पुर्याइएको थियो ।उपचारका क्रममा उनको मृत्यु भएको हो ।मगर नेकपा एमाले माई नगरपालिका वडा नम्बर–७ का सचिव थिए ।