२०८३ भाद्र १६ गते , मंगलबार

बिर्तामोडमा दुखद घटना : आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि मृत्यु

sajilo news
पार्थ मण्डल
२०८३ भाद्र १६ गते , मंगलबार
बिर्तामोडमा दुखद घटना : आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि मृत्यु

झापाको बिर्तामोड नगरपालिका-९, कञ्चनटोलमा दुखद घटना भएको छ । त्यहाँ आमाको मृत्यु भएको भोलिपल्ट छोराको पनि निधन भएको हो । कञ्चन टोल विकास संस्थाका उपाध्यक्ष वर्ष अन्दाजी ५० का खेम नेपालीकी आमा वर्ष अन्दाजी ६८ की नरमाया नेपालीको आइतबार बिहान घरमै निधन भएको थियो । उनको आइतबार दिउँसो अन्त्येष्टि गरिएको थियो ।

त्यसको भोलिपल्ट खेम नेपालीको पनि मृत्यु भएको हो । मिर्गौला सम्बन्धी समस्या रहेका खेमको हिजो दिउँसो ४ बजे प्रादेशिक अस्पताल भद्रपुरमा निधन भएको छिमेकी यज्ञराज श्रेष्ठले बताए । खेमकी श्रीमतीको पनि पाँच महिनाअघि क्यान्सर रोगबाट निधन भएको थियो ।

सम्बन्धित समाचार