२०८३ भाद्र १५ गते , सोमबार

मोरङमा आगलागी, एक दम्पती घाइते

sajilo news
मोरङ
२०८३ भाद्र १५ गते , सोमबार
मोरङमा आगलागी, एक दम्पती घाइते

मोरङको बूढीगंगामा सोमबार बिहान आगोले पोलेर एक दम्पती घाइते भएका छन् । दुवै जनाको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

आगोले बूढीगंगा गाउँपालिका–४ प्रगति टोलकी ४६ वर्षीया सुष्मा भण्डारी र उनका पति ५० वर्षीय केशव भण्डारी घाइते भएको प्रहरीले जनाएको छ । आफ्नै घरको भान्सा कोठामा बिहान ६ बजेतिर चिया पकाउनका लागि ग्यास बाल्ने क्रममा अचानक ग्यास लिक भएर सुष्माको शरीरमा आगो सल्किएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

आगोले उनको टाउको, अनुहार, बायाँ हात र दुवै खुट्टामा पोलेको छ । प्रहरीका अनुसार शरीरको करिब ४० प्रतिशत भाग जलेर उनी घाइते भएकी छन् । अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, सुष्माको शरीरमा लागेको आगो निभाउने क्रममा उनका पति केशव पनि घाइते भएका छन् । दुवै हात र ढाडमा आगोले पोल्दा करिब ६ प्रतिशत भाग जलेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार