२०८३ भाद्र १५ गते , सोमबार

बाढीले अरनिको, पृथ्वी र मेची राजमार्ग अवरुद्ध

sajilo news
काठमाडौं
२०८३ भाद्र १५ गते , सोमबार
बाढीले अरनिको, पृथ्वी र मेची राजमार्ग अवरुद्ध

अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार कोशी, बागमती र कर्णाली प्रदेशका विभिन्न सडक खण्डमा पहिरो खस्दा तथा बाढीको जोखिम बढेपछि यातायात ठप्प वा आंशिक रूपमा प्रभावित भएको हो।

कोशी प्रदेशको इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग भदौ २३ गतेदेखि नै पूर्ण रूपमा अवरुद्ध छ। ताप्लेजुङ–झापा जोड्ने उक्त सडक बन्द भएपछि हाल वैकल्पिक बाटोधरि सवारी सञ्चालन गरिएको छ।

बागमती प्रदेशको पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभिर र गजुरी गाउँपालिका–२ परेवाभिरमा भदौ १४ गते पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध बनेको छ। यस्तै, अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीमा पनि पहिरोका कारण यातायात ठप्प छ।

रसुवामा बाढीका कारण उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित त्रिशुली मैलुङ स्याफ्रुबेसी सडक खण्ड र पासाङ ल्हामु सडक खण्डका मुख्य राजमार्गहरू पूर्ण रूपमा बन्द भएका छन्।

सम्बन्धित समाचार