२०८३ भाद्र १४ गते , आईतबार

भोटेकोशी बाढी : झापाका तीनजनाको सकुशल उद्धार, १३ जना अझै सम्पर्कविहीन

sajilo news
झापा
२०८३ भाद्र १४ गते , आईतबार
भोटेकोशी बाढी : झापाका तीनजनाको सकुशल उद्धार, १३ जना अझै सम्पर्कविहीन

रसुवाको बाढीमा परेका झापाका तीन जनाको सकुशल उद्धार गरिएको छ । झापाका ४६ वर्षीय पुष्कर ढकाल, ५३ वर्षीय तेजनाथ भट्टराई र ३१ वर्षीय सुदिप सुवेदी सकुशल फेला परेका हुन् । त्यस्तै झापाका १३ जना अझै सम्पर्कविहीन रहेका छन् ।

विगतका वर्षदेखि रसुवास्थित अप्पर त्रिशूली १ हाइड्रोपावर प्रोजेक्ट २१६ एमडव्लु डोसन कम्पनीमा काम गर्ने मेचीनगर ६ काँकडभिट्टाका दीपक खरेल,रसुवाको टिमुरे बजारस्थित चाइनिज हाइड्रो प्रोजेक्टमा स्काभेटर अपरेटरको रुपमा कार्यरत कनकाई ३ नयाँ बस्ती बस्ने घनश्याम भट्टराई, रसुवास्थित अप्पर त्रिशूली १ हाइड्रोपावर कम्पनीमा विगत १ वर्षदेखि फोरमेन पदमा काम गर्दै आएका शिवसताक्षी २ का भक्तबहादुर राई , एन्ड्रीज हेडरो प्रोजेक्ट अप्पर त्रिशूलीमा काम गर्ने गौरीगंज वडा नं.–३ बस्ने चुड्का टुडु ,विगत सात महिनादेखि नुवाकोटस्थित अप्पर त्रिशूली एन्डी्रज हाइड्रो प्रोजेक्टमा काम गर्ने दमक १० सितुमारीका देवलाल मुर्मू , ,अप्पर त्रिशूली–१ हाइड्रोपावर प्रोजेक्ट रसुवामा काम गर्ने गौरीगंज वडा नं.–३ ठेकीटोला चोक बस्ने केबलनाथ आचार्य ,नुवाकोट मालुङ हाइड्रोको ड्याममा काम गर्ने कनकाई २ का लक्ष्मण गुरुङ , रसुवा स्याफ्रुबेसी बजार ५ मा सुन पसलको व्यवसाय गर्दै आएका बुद्धशान्ति गाउँपालिका २ का राजकुमार दियाली , उनकी श्रीमती श्रुति दियाली र ३ वर्षका छोरा श्रीराज दियाली सम्पर्कविहीन बनेका छन् ।

त्यस्तै शिवसताक्षी १० का कुलबहादुर कार्की , उनका भाइ सूर्यबहादुर कार्की र झापा गाउँपालिका ७ का प्रेमप्रसाद सेढाई पनि रसुवाको बाढीमा परी बेपत्ता भएको झापा क्षेत्र नं ३ का सांसद प्रकाश पाठकले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार