झापामा भ्यानसहित ५ लाखको हुक्कामा प्रयोग हुने फ्लेवर बरामद
सशस्त्र प्रहरीले आज बिहान भ्यानसहित ५ लाखको अवैध सामान बरामद गरेको छ । बिहान ७.१० बजे बुद्धशान्ति गाउँपालिका-५ बहुवन सामुदायिक वनस्थित भित्री सडक खण्डमा सशस्त्र प्रहरी बल नेपाल भुटानी शरणार्थी शिविर सुरक्षा बेस टिमाईबाट सशस्त्र प्रहरी नायव निरीक्षक सुरेन्द्र ठाकुरको कमान्डमा खटिएको गाडी मोबाइल टोलीले भ्यानसहित अवैध सामान बरामद गरेको हो ।
बिभिन्डिन सवारी साधनहरू चेकजाँच गर्ने क्रममा भारतबाट भन्सार छली अन्दाजी १० लाख मूल्य बराबरको डब्लुबी ७४ एस ३३६५ नम्बरको भारतीय भ्यानमा लोड गरी नेपालतर्फ ल्याउँदै गरेको अन्दाजी ५ लाख मूल्य बराबरको ८ काटुन् हुक्कामा प्रयोग हुने फ्लेवर गरी जम्मा १५ लाख बराबरको सामान र भ्यान छाडेर चालक फरार भएका थिए ।
उक्त सामान र भ्यान नियन्त्रणमा लिई बेसमा ल्याई राखिएको सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेडक्वार्टर झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्यले जानकारी दिएका छन्।