२०८३ भाद्र १३ गते , शनिबार

बिर्तामोडमा ट्यांकरको ठक्करबाट एकजनाको मृत्यु

sajilo news
झापा
२०८३ भाद्र १३ गते , शनिबार
बिर्तामोडमा ट्यांकरको ठक्करबाट एकजनाको मृत्यु

झापाको बिर्तामोडमा ट्यांकरको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

बिर्तामोड नगरपालिका २ स्थित रामचोकनजिकै गन्तब्य डान्सबार अगाडी पूर्वपश्चिम राजमार्गमा ट्यांकरको ठक्करबाट अन्दाजी २१ वर्षका पुरुषको मृत्यु भएको हो । मृतकको पहिचान खुल्न सकेको छैन । बीच सडकमा लडिरहेको अवस्थामा स्थानीयले देखेर आज बिहान ४ बजे इलाका प्रहरी कार्यालय अनारमनीमा जानकारी गराएका थिए । गम्भीर अबस्थाका घाइतेलाई उपचारको लागि बिर्तामोडस्थित बिर्तासिटि अस्पतालमा पठाइएकोमा डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो ।

ठक्कर दिएर फरार भएको ना ४ ख ९११० न.को तेल बोक्ने ट्यांकरलाई मेचीनगर-१३ स्थित मेट्रो पेट्रोल पम्प चारआलीस्थित पार्किङ गरी राखेको अबस्थामा फेला पारी नियन्त्रणमा लिएको छ । ट्यांकर चालक फरार रहेकाले खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार