२०८३ श्रावण ११ गते , सोमबार
झापाको हल्दिबारीमा आगलागी
झापाको हल्दिवारीमा भएको आगलागीबाट ग्वाली जलेर नष्ट भएको छ । हिजो साँझ अन्दाजी ७.३० बजे भएको आगलागीबाट हल्दिवारी १ गोलधापको जानकी मन्दिर छेउ घर भएका बाबुराम भट्टराईको ग्वाली जलेर नष्ट भएको हो ।
लामखुट्टे धपाउन बालिएको घुरबाट आगो सल्किएको हुनसक्ने आशंका गरिएको छ । आगलागीबाट ग्वाली र ग्वालीभित्र रहेका सरसामान जल्दा अन्दाजी दुई लाख बराबरको क्षति भएको छ । प्रहरी चौकी गोलधापबाट खटिएका प्रहरी , बिर्तामोड नगरपालिकाको दमकल र स्थानीय मानिसहरूको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।