२०८३ श्रावण ९ गते , शनिबार

पहिरोले घर पुरिँदा तीन वर्षीय बालकको मृत्यु, बाबुआमा घाइते

sajilo news
झापा
२०८३ श्रावण ९ गते , शनिबार
पहिरोले घर पुरिँदा तीन वर्षीय बालकको मृत्यु, बाबुआमा घाइते

मुगुको मुगुम कार्मारोङ गाउँपालिका–५ स्थित पुलु बजारमा पहिरोले घर पुरिँदा तीन वर्षीय बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

पहिरोले पुरिएर छायाँनाथ रारा नगरपालिका–१३ तिर्पका ३२ वर्षीय जगनाथ बडुवाल र उनकी २७ वर्षीया श्रीमती सृजना बडुवालका तीन वर्षीय छोरा रमेश बडुवाल मृत्यु भएको हो । पहिरोमा पुरिएका बालक रमेशलाई प्रहरी र स्थानीयवासीले उद्धार गरी उपचारका लागि स्वास्थ्य चौकी पु¥याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

स्थानीय पेमा लामाको घरमा भाडामा होटल सञ्चालन गर्दै आएका उनीहरुलाई सुतिरहेकै ठाउँमा पहिरोले लपेटेको थियो । करिब २०० मिटर माथिबाट आएको पहिरोले घरमा पूर्ण क्षति पुगेको छ ।

पहिरोमा मृतक बालकक बुवा–आमा जगनाथ र सृजनालाई पनि सामान्य चोट लागेको छ । उनीहरूको पुलु स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । घटनास्थल आसपासका थप आठ घरसमेत जोखिममा रहेकाले ती घरमा बस्दै आएका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक रवीराज थपलियाले बताए ।

सम्बन्धित समाचार