२०८३ श्रावण ९ गते , शनिबार
मलद्वारमा ब्राउन सुगर भित्राउने झापाका युवक बर्दियामा समातिए
बर्दियामा मलद्वारमा लुकाएर ल्याइएको ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार बढैयाताल गाउँपालिका–२ फुटाहा क्षेत्रबाट झापा गाउँपालिका–६, झापा निवासी ३३ वर्षीय अभिषेक केसीलाई लागूऔषधसहित पक्राउ गरिएको हो।
प्रहरीका अनुसार भारतीय सीमावर्ती बलई गाउँ बजारबाट नेपालतर्फ आउँदै गरेका केसीलाई शंकाका आधारमा नियन्त्रणमा लिएर जाँच गर्दा प्लास्टिकमा बेरेर मलद्वारमा लुकाइएको अवस्थामा लागूऔषध बरामद भएको हो। जाँचका क्रममा उहाँको साथबाट ९६० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने खैरो रङको गिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले केसीलाई नियन्त्रणमा लिई लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।