२०८३ श्रावण ९ गते , शनिबार
१०४ ग्राम ब्राउन सुगरसहित युवक पक्राउ
मोरङको विराटनगर महानगरपालिका–४ भट्टाचोक क्षेत्रबाट १०४ ग्राम ब्राउन सुगरसहित एक पैदल यात्री पक्राउ परेका छन्।कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार शुक्रबार विशेष सूचनाका आधारमा सीआरभी भट्टाचोक मोरङ र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँचका क्रममा सुनसरीको दुहबी नगरपालिका–१२ निवासी २१ वर्षीय धनकुमार यादवलाई पक्राउ गरेको हो। प्रहरीले उनको साथबाट १०४ ग्राम ब्राउन सुगर बरामद गरी नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेका यादवमाथि लागूऔषधसम्बन्धी कसुरमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।