२०८३ श्रावण २ गते , शनिबार

'डी कौडिन्य स्मृति पत्रकारिता पुरस्कार' पत्रकार तिम्सिनालाई

sajilo news
झापा
२०८३ श्रावण १ गते , शुक्रबार
'डी कौडिन्य स्मृति पत्रकारिता पुरस्कार' पत्रकार तिम्सिनालाई

जनपक्षीय पत्रकार देवकुमार आचार्य (डी कौडिन्य)को स्मृतिमा प्रदान गरिँदै आएको ‘डी कौडिन्य स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार चूडामणि तिम्सिना (सिएम शर्मा) लाई प्रदान गरिने भएको छ । प्रेस  सेन्टर नेपाल जिल्ला समन्वय समिति झापाले स्थापना गरेको उक्त पुरस्कार यो वर्ष तिम्सिनालाई प्रदान गर्न लागिएको हो । 

झापाको बिर्तामोडमा शुक्रबार बसेको समितिको बैठकले ठोस खबर डट कमका सम्पादक तिम्सिनालाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । आगामी साउन ७ गते स्वर्गीय आचार्यको स्मृति दिवसको अवसरमा बिर्तामोडमा एक कार्यक्रमका बिच पुरस्कार वितरण गरिने प्रेस सेन्टर नेपाल झापाका सचिव प्रकाश उप्रेतीले जानकारी दिए । 

प्रत्येक वर्ष प्रदान गरिँदै आएको पुरस्कारको राशि नगद ४२ हजार रुपैयाँ रहेको छ । साहित्यकार तथा जनपक्षीय पत्रकार आचार्यलाई २०५९ साउन ७ गते तत्कालीन शाही नेपाली सेनाले पक्राउ गरी झापाको चारआली ब्यारेकमा लगेर हत्या गरेको थियो ।

सम्बन्धित समाचार