२०८३ असार ३० गते , मंगलबार

आत्मदाह प्रयास गरेका विवेकको उपचारका क्रममा मृत्यु

sajilo news
झापा
२०८३ असार ३० गते , मंगलबार
आत्मदाह प्रयास गरेका विवेकको उपचारका क्रममा मृत्यु

आत्मदाहको प्रयास गरेका सर्लाहीको गोडैता नगरपालिका-१० का ३५ वर्षीय विवेक मण्डलको उपचारका क्रममा मृत्यु भएको छ। उनकाे कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा  गएराति निधन भएको बुबा उपेन्द्र मण्डलले पुष्टि गरेका छन्।

गत शुक्रबार दिउँसो आफैँमाथि पेट्रोल खन्याएर आगो लगाएका उनलाई सोही दिन हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँ ल्याइएको थियो। प्रहरीका अनुसार उनको शरीरको ९० प्रतिशत भाग जलेको थियो र अवस्था अत्यन्तै चिन्ताजनक थियो। गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएका उनको अन्ततः उपचारकै क्रममा निधन भएकाे हो।

सम्बन्धित समाचार