२०८३ असार १९ गते , शुक्रबार
ट्रकको ठक्करबाट मोटरसाइकलको पछाडि सवार महिलाको मृत्यु
मदन भण्डारीमार्गस्थित उदयपुरगढी गाउँपालिका–७ फुस्रे अधेरीमा ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ।
गाईघाटबाट उदयपुरगढी–३ तर्फ गइ रहेको मोटरसाइकललाई विपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार उदयपुरगढी गाउँपालिका–३ बस्ने वर्ष २८ की मुना विकको उपचारका क्रमा जिल्ला अस्पताल उदयपुरमा मृत्यु हो।
प्रदेश–०१–००८६प९०७६ नम्बरको ट्रकको ठक्करबाट सोही ठाउँका मोटरसाइकल चालक यमबहादुर विक गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
घाइते चालक यमबहादुरको भने हाल न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ। ट्रक चालक सप्तरी जिल्ला सुरुङ्गा नगरपालिका–१ का खड्गबहादुर खड्कालाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।