२०८३ असार १९ गते , शुक्रबार

पाकिस्तानमा बस दुर्घटना, ४० यात्रुको मृत्यु

sajilo news
एजेन्सी
२०८३ असार १९ गते , शुक्रबार
पाकिस्तानमा बस दुर्घटना, ४० यात्रुको मृत्यु

पाकिस्तानको बलुचिस्तान र खैबर पख्तुनख्वाको सीमामा अवस्थित दाना सार क्षेत्रमा बस दुर्घटना हुँदा करिब ४० जनाको मृत्यु भएको छ।

बलुचिस्तानका अधिकारीहरूले शेरानी जिल्लामा यात्रुवाहक बस दुर्घटना भएको बताएका छन्। क्वेटास्थित उद्धार ११२२ का प्रवक्ताले बस क्वेटाबाट पेशावर जाँदै गरेको बताएका छन्।

बलुचिस्तानका मुख्यमन्त्रीका सहायक शाहिद रिन्दले दुर्घटनामा ४० जनाको मृत्यु भएको पुष्टि गरेका छन्। ८ यात्रु घाइते भएको उनको बताए। स्थानीय अधिकारीहरूका अनुसार बस गहिरो खोंचमा खसेका कारण यात्रुहरूसम्म पुग्न र उद्धार गर्न गाह्रो भएको थियो। 

सम्बन्धित समाचार