२०८३ असार १९ गते , शुक्रबार
लागुऔषध कारोबारमा स्कारपिओ गाडी प्रयोग : चार जना पक्राउ
कञ्चनपुर । प्रहरीले लागुऔषध कारोबारमा प्रयोग गरिएको स्कारपिओ गाडीसहित चार जनालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो र कञ्चनपुरको वाणीमा रहेको प्रहरी विटबाट खटिएको संयुक्त टोलीले चार जना युवालाई लागुऔषध खैरोहिरोइनसहित पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले स्कारपिओ गाडीमा ३०.९३ ग्राम खैरोहिरोइनसहित चार जनालाई कष्णपुर नगरपालिका–२ नयाँबस्ती क्षेत्रबाट पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–२ का लालबहादुर सुनार, हेमराज जोशी, बेदकोट नगरपालिका–७ का विमल पाण्डे र धनगढी उपमहानगरपालिका–५ तारानगरका अशोक पाण्डे रहेका छन् ।