२०८३ असार २० गते , शनिबार

स्पेन र पोर्चुगल विश्वकपको अन्तिम १६ मा, क्वाटरफाइलमा यी दुवै देश भिड्ने

sajilo news
एजेन्सी
२०८३ असार १९ गते , शुक्रबार
स्पेन र पोर्चुगल विश्वकपको अन्तिम १६ मा, क्वाटरफाइलमा यी दुवै देश भिड्ने

मिकेल ओयार्जाबालको उत्कृष्ट दुई गोल र पेड्रो पोरोको पहिलो अन्तर्राष्ट्रिय गोलको मद्दतले स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। 
लस एन्जलसमा भएको खेलमा युरोपेली च्याम्पियन स्पेनले अस्ट्रियामाथि ३–० को सहज जित दर्ता गर्‍यो। सन् २०१० को विश्वकप उपाधि जितेयता स्पेनले विश्वकपको नकआउट चरणमा जित हात पारेको यो पहिलो पटक हो।  अब स्पेनले आगामी जुलाई ६ मा डलासमा हुने अन्तिम १६ को खेलमा पोर्चुगलसँग प्रतिस्पर्धा गर्नेछ। खेलको पहिलो मिनेटमै लामिन यामालले प्रहार गर्दै स्पेनको आक्रमणको लय तय गरेका थिए।  खेलको सुरुवाती समयमा मार्क कुकुरेलाले कर्नरमार्फत गोल गरे पनि अस्ट्रियाका गोलकिपर अलेक्जेन्डर स्लागरमाथि फल भएको भन्दै त्यसलाई मान्यता दिइएन।

बायाँ भिडबाट कुकुरेलाले मिलाइदिएको उत्कृष्ट पासलाई बास्क फरवार्ड ओयार्जाबालले ३६औँ मिनेटमा गोल गर्दै स्पेनलाई १–० को अग्रता दिलाए। जारी विश्वकपमा उनको यो तेस्रो गोल हो।  दोस्रो हाफमा एलेक्स बाएनाको क्रसमा पेड्रो पोरोले हेडिङमार्फत गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए। राष्ट्रिय टोलीका लागि पोरोको यो पहिलो गोल हो। उनको यो गोल ६६औँ मिनेटमा भएको थियो।  खेलको निर्धारित समय सकिनै लाग्दा कुकुरेलाकै क्रसमा ओयार्जाबालले व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनको ३–० को जित सुनिश्चित गरे। अस्ट्रियाका लागि मार्सेल साबिट्जरका केही पासहरूमा माइकल ग्रेगोरिट्स र वैकल्पिक खेलाडी सासा कालाजडिचले अवसर पाए पनि त्यसलाई गोलमा परिणत गर्न सकेनन्। त्यस्तै फिफा विश्वकपको रोमाञ्चक नकआउट चरण (राउन्ड अफ ३२) अन्तर्गत पोर्चुगले क्रोएसियालाई हराउँदै अन्तिम १६ मा स्थान बनाएको छ। 

क्यानडाको टोरन्टो स्टेडियममा कडा प्रतिस्पर्धामा टोरन्टो स्टेडियम, क्यानडा — फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गतको खेल नम्बर ८३ मा पोर्चुगल २–१ ले विजयी भयो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।  दोस्रो हाफ सुरु भएको केही बेरमै ५३औं मिनेटमा क्रोएसियाका अनुभवी खेलाडी इभान पेरिसिकले उत्कृष्ट गोल गर्दै क्रोएसियालाई १–० को सुरुवाती अग्रता दिलाएका थिए। 

एक गोलले पछि परेको पोर्चुगलले खेलमा फर्कन निकै दबाब बढाएको थियो। खेलको ६८औं मिनेटमा पोर्चुगलले पेनाल्टीको अवसर पायो, जसमा कप्तान क्रिस्टियानो रोनाल्डोले कुनै गल्ती नगरी गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। रोनाल्डोको विश्वकप इतिहासमा यो पहिलो नकआउट चरणको गोल समेत हो। खेल अतिरिक्त समय तर्फ धकेलिने निश्चित जस्तै देखिएका बेला, इन्जुरी समयको चौथो मिनेट ९९०ंं‌ं४० मा सब्सटिच्युट खेलाडी गोन्सालो रामोसले उत्कृष्ट गोल गर्दै पोर्चुगललाई २–१ को रोमाञ्चक अग्रता दिलाए। खलेको ९०ं१२ मिनेटमा क्रोएसियाले गरेको गोल अफसाइड भएको थियो। 

सम्बन्धित समाचार