२०८३ असार ६ गते , शनिबार

अपडेट : बागडोग्रामा भएको कार दुर्घटनामा बिर्तामोडका चौधरीको मृत्यु

sajilo news
झापा
२०८३ असार ६ गते , शनिबार
अपडेट : बागडोग्रामा भएको कार दुर्घटनामा बिर्तामोडका चौधरीको मृत्यु

भारतको बागडोग्रामा भएको कार दुर्घटनामा झापा बिर्तामोडका एक युवकको मृत्यु भएको छ । भारतको सिलिगुडीबाट नेपाल फर्किँदै गर्दा बाग्मती प्रदेश–०१०३२ च १६८० नम्बरको कार बागडोग्राको सन्यासी स्थानको चिया बगानमा रुखमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा अलैँची व्यवसायी बिर्तामोड-५ निवासी भरत चौधरीका छोरा अन्दाजी वर्ष २३ का अमित चौधरीको मृत्यु भएको अलैँची व्यवसायी संघका निर्मल भट्टराईले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

घाइते चौधरीको बागडोग्रास्थित ग्यालेक्सीस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । कारमा उनी मात्र एक्लै रहेको बताइएको छ । तीव्र गतिका कारण कार रुखमा ठोक्किएर दुई टुक्रा भएको छ ।उनले मादक पदार्थ सेवन गरेर गाडी चलाएको पाइएको भारतीय प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार