२०८३ असार ७ गते , आईतबार
बिरिङ खोलामा डुबेर ५ वर्षीया बालिकाको मृत्यु
झापाको कनकाईस्थित बिरिङ खोलामा डुबेर ५ वर्षीया बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा कनकाई नगरपालिका–१ निवासी कुलबहादुर रसाईलीकी छोरी सोनिया रसाईली रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बालिका सोनिया हराएको भन्दै उनकी आमा अमृता रसाईलीले शुक्रबार अपराह्न अस्थायी प्रहरी पोस्ट दुर्गापुरमा मौखिक जानकारी गराएकी थिइन्।
त्यसपछि प्रहरी टोलीले खोजतलास सुरु गरेको थियो। खोजीका क्रममा कनकाई–८ स्थित बिरिङ खोलाको पानीमा बालिका मृत अवस्थामा फेला परेकी थिइन्। प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।