२०८३ असार १ गते , सोमबार

हल्दीबारीको मकैवारिबाट अजिङ्गर सर्पको सकुशल उद्धार

sajilo news
झापा
२०८३ जेष्ठ ३१ गते , आईतबार
हल्दीबारीको मकैवारिबाट अजिङ्गर सर्पको सकुशल उद्धार

झापाको हल्दीबारी गाउँपालिका–३ गोरेचोकस्थित मकैवारिबाट एक अजिङ्गर सर्पको सकुशल उद्धार गरिएको छ । आइतबार दिउँसो स्थानीयवासी मकै भाँच्ने क्रममा मकैबारीभित्र करिब ६–७ फिट लम्बाइ र करिब १२ केजी तौल भएको अजिङ्गर देखेपछि प्रहरी चौकी जलथलमा जानकारी गराएका थिए । 

सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेर स्थानीयवासी तथा जनप्रतिनिधिहरूको रोहबरमा उक्त अजिङ्गरलाई सकुशल नियन्त्रणमा लिई उद्धार गरेको थियो । उद्धार गरिएको अजिङ्गरलाई प्राकृतिक वासस्थानमा सुरक्षित रूपमा फर्काउने उद्देश्यले हल्दीबारीस्थित  रणकाली सामुदायिक वन क्षेत्रमा लगेर छाडिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार