२०८३ असार १ गते , सोमबार
झापाको दमकमा लागु औषधसहित एक महिला पक्राउ
झापाको दमकमा लागु औषधसहित एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा दमक नगरपालिका–४ निवासी ४२ वर्षीया रिता तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
इलाका प्रहरी कार्यालय दमक र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले गोप्य सूचनाका आधारमा आज बिहान करिब १० बजे तामाङको घरमा खानतलासी गरेको थियो। खानतलासीका क्रममा उनले सुत्ने कोठाको टेबलमुनि राखिएको झोलाभित्रबाट ट्रामाडोल हाइड्रोक्लोराइड ३७० क्याप्सुल तथा डाइसाइक्लोमिन हाइड्रोक्लोराइड ५६० ट्याब्लेट फेला परेको थियो ।
बरामद औषधि बिक्री–वितरणका लागि राखिएको आशङ्कामा प्रहरीले तामाङलाई पक्राउ गरी थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा राखेको जनाइएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।