२०८३ जेष्ठ २९ गते , शुक्रबार
झापामा अवैध सुर्तीसहित सिटी सफारी नियन्त्रणमा
झापामा भन्सार छलीको पत्ता सुर्तीसहित एउटा सिटी सफारी प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले शुक्रबार बिहान करिब १० बजे पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कमल गाउँपालिका–५ स्थित लवडाँडाबाट दमकतर्फ आउँदै गरेको प्र१–०१–००१ ह ८०२४ नम्बरको सिटी सफारी रोकी जाँच गर्ने क्रममा भारतबाट अवैध रूपमा ल्याइएको सुर्ती फेला पारेको थियो ।
सिटी सफारीमा लुकाइछिपाइ राखिएको ३ बोरा सुर्ती बरामद गरिएको छ। बरामद सुर्तीको अनुमानित मूल्य २५ हजार रुपैयाँ रहेको छ भने सिटी सफारीको मूल्य करिब २ लाख रुपैयाँ रहेको बताइएको छ। बरामद गरिएको सुर्ती र सवारीसाधन गरी कुल २ लाख २५ हजार रुपैयाँ बराबरको सामान भन्सार बुझाउने प्रहरीले जनाएको छ।सिटी सफारी चालक फरार रहेकोले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।